Logo

सेयर बजार

३ अंकले घट्यो सेयर बजार, ८४ करोडको कारोबार


GDP नेपाल
   १४ मंसिर २०७९, बुधबार


बुधबार सेयर बजार ३ अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ३.५१ अंकले घटेर एक हजार ९४९.८५ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्सबाहेक अन्य सबै समूह राताम्मे भएका छन्। आज आज सबैभन्दा धेरै लक्ष्मी इक्विटी फन्डको सेयर साढे पाँच प्रतिशतले बटेको छ । समग्रमा बजार घटे पनि आज ग्रीन लाइफ हाइड्रो र खप्तड लघुवित्तको सेयर भने चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २३८ कम्पनीको २३ लाख ५५ हजार कित्ता सेयर ८४ करोड २६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको चार करोड ७९ लाख र नबिल बैंकको चार करोड १५ लाख रुपैयाँको सेयर किनबेच भयो ।

प्रकाशित : १४ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह