Logo

सेयर बजार

१६ अंकले घट्यो नेप्से, एक अर्बको कारोबार


GDP नेपाल
   २१ मंसिर २०७९, बुधबार


बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १६.६१ अंकले घटेर एक हजार ९१७.२८ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् १२, माइक्रोफाइनान्स ९, अन्य १०, जीवन बीमा ८३, निर्जीवन बीमा ३६, व्यापार १८, बैंकिङ १७, उत्पादन ५५, विकास बैंक ३० र फाइनान्स उपसमूह १९ अंकले घटेको छ । आज होटल तथा पर्यटन उपसमूह ०.३४ बढेको छ ।

आज सबैभन्दा धेरै नाडेप लघुवित्तको सेयर ९.९९ प्रतिशत र ग्लोबल आइएमई बैंकको सेयर ९.२९ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज खप्तड लघुवित्तको सेयर ६ प्रतिशतले बढेको छ ।

यस दिन २४६ कम्पनीको ८० लाख कित्ता सेयर एक अर्ब ६५ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह