Logo

Banner-news

अमेरिका–चीन व्यापारयुद्धपछि ट्रम्प हतास, चीन व्यापार बचतमा !


appharu
   २४ मंसिर २०७५, सोमबार


बेइजिङ । अन्ततः अमेरिका र चीनबीचको व्यापार युद्ध अन्त्य हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प व्यापार युद्धका कारण सिर्जित समस्याका कारण हतास भएपछि यस्तो अवस्था आएको बताइएको छ र

तथ्यांकअनुसार चीनको अमेरिकासँगको व्यापार नाफा नोभेम्बरमा उच्च रहेको बेइजिङले जनाएको छ । चिनियाँ भन्सार प्रशासनले दिएको तथ्यांकअनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन गरेको देखिएको छ ।

“यो वर्षको नोभेम्बरमा चिनियाँ सामानको अमेरिका निर्यात दरमा ९.८ प्रतिशतले वृद्धि देखिएको छ भने आयातमा २५ प्रतिशतको गिरावट आएको छ,” तथ्यांकमा भनिएको छ ।

अमेरिकासँगको व्यापारबाट भएको नाफा यसै वर्षको अक्टोबरमा ३१ अर्ब ८० करोड डलर देखिएको थियो । चीन–अमेरिकाबीच देखिएको व्यापार विवादका कारण अमेरिकाले चिनियाँ सामानमाथि अतिरिक्त कर वृद्धि गरेको भए पनि व्यापारमा यसको प्रभाव अपेक्षा गरिएभन्दा अझ सकारात्मक देखिएको चीनको दाबी छ ।

सन् २०१८ को ११ महिनामा चीनको अमेरिकासँगको व्यापार नाफा २ खर्ब ९३ अर्ब ५० करोड डलर रहेको र अघिल्लो वर्षको सोही अवधिमा व्यापार नाफा २ खर्ब ५१ अर्ब ३० करोड रहेको चिनियाँ अधिकारीले दाबी गरेका छन् ।

प्रकाशित : २४ मंसिर २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह