Logo

सेयर बजार

सामान्य अंकले घट्यो सेयर बजार, ७७ करोडमा खुम्चियो कारोबार


GDP नेपाल
   २७ मंसिर २०७९, मंगलबार


मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २.५७ अंकले घटेर एक हजार ८९९.७० विन्दुमा पुगेको छ ।

आज बैंकिङ ४, अन्य १३, जीवन बीमा १०, व्यापार २, उत्पादन २, विकास बैंक ९, फाइनान्स १० र होटल तथा पर्यटन उपसमूह २ अंकले घटेको छ । त्यस्तै, जलविद्युत् १७, माइक्रोफाइनान्स ६, निर्जीवन बीमा २६ र म्यूचुअल फन्ड ०.१२ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनी र सिंगाती हाइड्रो इनर्जीको सेयर ३ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सीवाईसी नेपाल लघुवित्त वित्तिय संस्थाको सयेर १० प्रतिशतले बढेको छ ।

यस दिन २४८ कम्पनीको २० लाख कित्ता सेयर ७७ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह