Logo

मुख्य समाचार

सामान्य अंकले घट्यो सेयर बजार, ७२ करोडको कारोबार


GDP नेपाल
   २८ मंसिर २०७९, बुधबार


बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २.६२ अंकले घटेर एक हजार ८९७.०८ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ३, विकास बैंक १२, जीवन बीमा २६, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा ३, अन्य २ र व्यापार उपसमूह ०.०८ अंकले घटेको छ । यस्तै, उत्पादन १२, फाइनान्स १, होटल तथा पर्यटन १९, जलविद्युत् ५ र लगानी ०.०४ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सीवाईसी नेपाल लघुवित्त र इस्टर्न हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २४६ कम्पनीको २० लाख कित्ता सेयर ७२ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह