Logo

सेयर बजार

झिनो अंकले बढ्यो सेयर बजार, ८८ करोडमा खुम्चियो कारोबार


GDP नेपाल
   ४ पुस २०७९, सोमबार


सोमबार सेयर बजार झिनो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ३.८३ अंकले बढेर एक हजार ८५८.८९ विन्दुमा पुगेको छ ।

आज विकास बैंक १५, जीवन बीमा २८, निर्जीवन बीमा १३, अन्य २८, उत्पादन १०, फाइनान्स ६, होटल तथा पर्यटन ४ र लगानी ०.१५ अंकले बढेको छ । यस्तै, बैंकिङ ०.३५, माइक्रोफाइनान्स १३, व्यापार ०.८४ र जलविद्युत् १ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज इस्टर्न हाइड्रोपावर र र ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ को सेयर झण्डै आठ प्रतिशतले घटेको छ ।

यस दिन २५१ कम्पनीको २६ लाख कित्ता सेयर ८८ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ४ पुस २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह