मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १४.२२ अंकले बढेर एक हजार ८७३.११ विन्दुमा पुगेको छ ।
आज सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ६, विकास बैंक ८, जीवन बीमा ८३, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा २७, अन्य ३४, व्यापार १५, उत्पादन २२, फाइनान्स ६, होटल तथा पर्यटन ६४, जलविद्युत् १४ र लगानी ०.११ अंकले बढेको छ ।
आज आधिखोला लघुवित्त वित्तिय संस्था र सिर्जनशिल लघुवित्त वित्तिय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै, धौलागिरी लघुवित्तको सेयर ९.९९ प्रतिशत र सिवाईसी नेपाल लघुवित्तको सेयर ७.६२ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सनराइज ब्लूचिप फन्डको सेयर झण्डै पाँच प्रतिशतले घटेको छ ।
यस दिन २५७ कम्पनीको ३० लाख कित्ता सेयर ९३ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया