Logo

सेयर बजार

सेयर बजारमा झिनो अंकको गिरावट, एक अर्बको कारोबार


GDP नेपाल
   ७ पुस २०७९, बिहिबार


बिहिबार सेयर बजार परिसूचक नेप्से ०.०१ अंकले घटेर एक हजार ८६७.२१ विन्दुमा पुगेको छ ।

आज विकास बैंक १७, फाइनान्स १०, होटल तथा पर्यटन ६२, जलविद्युत् ११, जीवन बीमा ३७, उत्पादन १, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा २१ र ब्यापार उपसमूह २० अंकले घटेको छ । यस्तै, बैंकिङ १ र अन्य उपसमूह ३० अंकले बढेको छ ।

आज सबैभन्दा धेरै आँधीखोला लघुवित्तको सेयर साढे ७ प्रतिशत र बलेफी हाइड्रोको सेयर साढे ५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि सृजनशील लघुवित्त र धौलागिरि लघुवित्तको सेयर १० प्रतिशत तथा आदर्श लघुवित्त र कालिका पावरको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यस दिन २४७ कम्पनीको ३१ लाख ११ हजार कित्ता सेयर एक अर्ब ११ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ७ पुस २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह