Logo

सेयर बजार

सेयर बजारमा हरियाली, नेप्से ५९ अंकले बढ्दा तीन अर्बको कारोबार


GDP नेपाल
   १२ पुस २०७९, मंगलबार


मंगलबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ५९.८७ अंकले बढेर एक हजार ९८३.९५ विन्दुमा पुगेको छ ।

आज सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ३५, विकास बैंक १००, फाइनान्स ६७, होटल तथा पर्यटन ११७, जलविद्युत् ९५, जीवन बीमा ३७२, उत्पादन ७२, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा २८३, अन्य ३७ र व्यापार उपसमूह ५३ अंकले बढेको छ ।

आज सिद्धार्थ इन्स्योरेन्स, मल्टिपर्पोज फाइनान्स, अजोड इन्स्योरेन्स, सृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रशितले बढेको छ । यस्तै, कालिका पावर, तेह्रथुम पावर, निफ्रा र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । आज सबैभन्दा धेरै आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।

यस दिन २६१ कम्पनीकाे एक करोड कित्ता सेयर तीन अर्ब ८८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै लक्ष्मी बैंकको २० करोड नौ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १२ पुस २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह