लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिनेछ ।










प्रतिक्रिया