Logo

सेयर बजार

सेयर बजारमा हरियाली, नेप्से ५६ अंकले बढ्दा दुई अर्बको कारोबार


GDP नेपाल
   १४ पुस २०७९, बिहिबार


बिहिबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ५६.८८ अंकले बढेर दुई हजार ०२९.०३ विन्दुमा पुगेको छ ।

आज सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ २४, विकास बैंक ११६, फाइनान्स ८७, होटल तथा पर्यटन ७५, जलविद्युत् १०५, जीवन बीमा ३८४, उत्पादन ११२, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा ३४८, अन्य ४१ र व्यापार उपसमूह ४७ अंकले बढेको छ ।

आज हिमालय ऊर्जा विकास, सानिमा लाइफ इन्स्योरेन्स र सिर्जनशील लघुवित्तको सेयर १० प्रतिशतले बढ्यो । यस्तै, धौलागिरि लघुवित्त, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, स्वेतगंगा हाइड्रोपावर, रिलायन्स लाइफ इन्स्योरेन्सको मूल्य ९.९ प्रतिशतले बढ्यो । समग्रमा बजार बढेपनि आज नेपाल बैंक डीबेन्चर २०८७ को सेयर भने झण्डै चार प्रतिशतले घटेको छ ।

यस दिन २५७ कम्पनीको ८० लाख कित्ता सेयर दुई अर्ब ८६ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १४ पुस २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह