Logo

सेयर बजार

१७ अंकले बढ्यो सेयर बजार, ४ अर्बको कारोबार


GDP नेपाल
   १७ पुस २०७९, आइतबार


आइतबार सेयर बजारमा दोहोरो अंकले बढेको छ। सेयर बजार परिसूचक नेप्से १७.२४ अंकले बढेर दुई हजार ०४६.२६ विन्दुमा पुगेको छ ।

आज विकास बैंक र फाइनान्सबाहेक अन्य उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ६, होटल तथा पर्यटन १४, जलविद्युत् ५, जीवन बीमा ३०१, उत्पादन ३१, माइक्रोफाइनान्स २८, निर्जीवन बीमा १६२, अन्य २५ र व्यापार उपसमूह ६ अंकले बढेको छ । यस्तै, विकास बैंक २ र फाइनान्स उपसमूह ३ अंकले घटेको छ ।

आज सृजनशील लघुवित्त, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त, अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सिद्धार्थ इक्वीटी फन्डको सेयर झण्डै ६ अंकले घटेको छ ।

यस दिा २६१ कम्पनीको एक करोड ८ लाख कित्ता सेयर ४ अर्ब चार करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको २२ करोड ५६ लाख र नेपाल दूरसञ्चार कम्पनीको १९ करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १७ पुस २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह