Logo

सेयर बजार

झिनो अंकले घट्यो सेयर बजार, तीन अर्बको कारोबार


GDP नेपाल
   १९ पुस २०७९, मंगलबार


मंगलबार सेयर बजार झिनो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ३.०३ अंकले घटेर दुई हजार ०६१.०६ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ३, विकास बैंक १९, फाइनान्स २२, जलविद्युत् ६, जीवन बीमा १२१, निर्जीवन बीमा २२, उत्पादन ३३ र अन्य उपसमूह भने २६ अंकले घटेको छ। यस्तै, होटल तथा पर्यटन ७७, माइक्रोफाइनान्स १११,र ब्यापार यपसमूह ६४ अंकले बढेको छ ।

आज विन नेपाल लघुवित्त वित्तिय संस्था र बोट्ल्र्स नेपाल तराई लिमिटेडको सेयर साढे पाँच प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आज स्वेत गंगा हाइड्रोपावर, धौलागिरी लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था र अजोड इन्स्योरेन्स लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २५७ कम्पनीको ८२ लाख कित्ता सेयर तीन अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ४३ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : १९ पुस २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह