Logo

अर्थनीति

निजी क्षेत्रको दबाबसामु झुक्यो राष्ट्र बैंक, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन


GDP Nepal
   २० पुस २०७९, बुधबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेका छन् ।

केन्द्रीय बैंकले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन भएको जानकारी दिएको हो ।

कात्तिक १ गतेदेखि कार्यान्वयनमा आएको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन लागू भएको तीन महिना नबित्दै संशोधन भएको हो ।

नयाँ व्यवस्थाअनुसार सीमाभन्दा बढी कर्जा लिएका व्यवसायीहरुले २०८२ असारसम्ममा पाँचवटा किस्तामा कर्जा भुक्तानी गर्न सक्नेछन् ।

यद्यपि यो व्यवस्था १ करोड रुपैयाँसम्मको चालु पुँजी कर्जा लिँदा भने लागू हुने छैन ।

निजी क्षेत्रको तीब्र विरोधपछि राष्ट्र बैंकले गत महिना संशोधनका लागि सुझाव माग गरेको थियो ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेलगत्तै संशोधित मार्गदर्शन सार्वजनिक गरिएको हो । गभर्नर अधिकारीले अघिल्ला दुई दिन मार्गदर्शनका विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका थिए ।

प्रकाशित : २० पुस २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह