Logo

सेयर बजार

१८ अंकले बढेको सेयर बजारमा पाँच अर्बको कारोबार


GDP नेपाल
   २१ पुस २०७९, बिहिबार


बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १८.०९ अंकले बढेर दुई हजार १४३.९३ विन्दुमा पुगेको छ ।

आज बैंकिङ र अन्य बाहेक सबै उपसमूहमा हरियाली छाएको छ । विकास बैंक ३, फाइनान्स ५०, होटल तथा पर्यटन १७८, जलविद्युत् ४२, लगानी २, जीवन बीमा १३४, उत्पादन १६४, माइक्रोफाइनान्स ६४, निर्जीवन बीमा १३० र ब्यापार उपसमूह ४८ अंक बढेको छ । यस्तै, बैंकिङ ४ र अन्य यपसमूह १३ अंकले घटेको छ ।

आज चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज मनकामना स्मार्ट लघुवित्तको सेयर झन्डै तीन प्रतिशतले घटेको छ ।

यस दिन २५९ कम्पनीको एक करोड २५ लाख कित्ता सेयर पाँच अर्ब चार करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ४३ करोड र रिडी हाइड्रोको २१ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।

प्रकाशित : २१ पुस २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह