Logo

मनोरञ्जन

उदीयमान गायक नवीन कार्कीको पानी मीठो कुवाको म्युजिक भिडियो सार्वजनिक


GDP Nepal
   १ माघ २०७९, आइतबार


काठमाडौं । गायक नवीन कार्की र मिलन नेवारको स्वरले सजिएको ‘पानी मीठो कुवाको नानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

ओएसआर डिजिटल युट्युब च्यानलमा रहेको यो म्युजिक भिडियोमा सफल बस्नेत र जेनेलिया श्रेष्ठले अभिनय गरेका छन्

गीतकार भोला पौडेल रहेको गीतको म्युजिक डाइरेक्टरमा सन्तोष राजवाहक छन् भने रिमेश कुमार थापाद्वारा सङ्गीतवद्द उक्त गीतको छायाकार उत्सव दाहाल हुन् ।

गायक कार्कीले यसअघि ‘सागरले मोति पायो, बत्तीले ज्योति पायो लगायत चर्चित र कर्णप्रिय गीत गाएका छन् । कार्कीको गीत सङ्गीतको यात्रा २०५२को स्टेज प्रोग्रामबाट आरम्भ भएको थियो ।

२०५४ मा लोक गीत ‘लाउ माया चुनेर’ रेकर्ड गर्दै २०५६ मा आधुनिक गीत गाएर हालसम्म दुई दर्जन गीतहरू ‘कुवाको पानी उघाई खाएँ’, ‘जलुकी पातैमा’, ’महलमा राज होला तिम्रो’, ‘मान्छे होस् इमान्दार लगायत गीतले लोकप्रियता हाँसिल गरेर म्युजिक अवार्डले समेत सम्मानित भइसकेका छन् ।

म्युजिक भिडियोमा कम समयमा धेरै आकर्षण पाएका कार्की आफ्ना गीत र साधनालाई दर्शक स्रोताले रूचाएको कारण नै निरन्तर गीत संगीतमा साधनारत रहेको बताउँछन् । नयाँ एल्बम नवीन २ को तयारीमा रहेका कार्कीले गीतसंगीतलाई अझ बढी समय दिने बताए ।

प्रकाशित : १ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह