Logo

कर्पोरेट-बजार

विराटनगरमा महासंघको प्रादेशिक कार्यालय


appharu
   २१ चैत्र २०७४, बुधबार


जीडीपी नेपाल
विराटनगर, २१ चैत । नेपाल उद्योग वाणिज्य महासंघको प्रादेशिक कार्यालय विराटनगरमा स्थापना भएको छ । सातवटै प्रदेशमा उद्योग वाणिज्य संघ गठन भइसके पनि औपचारिक रुपमा कार्यालय सञ्चालनमा ल्याउने विराटनगर पहिलो हो ।
महासंघ अध्यक्ष भवानी राणाले बुधबार बरगाछी चोकमा कार्यालयको उदघाटन गरिन् । सो अवसरमा राणाले महासङ्घलाई अब प्रादेशिक अवधारणाअनुसार सञ्चालन गरिने बताइन् । राणाले केन्द्रीय सरकारसँगसँगै प्रदेश र स्थानीय तहमा पनि सरकारको गठन भइसकेको उल्लेख गर्दै उनले यस अवस्थामा महासंघका प्रादेशिक समिति सक्रिय हुनुपर्ने धारणा राखिन् ।

भवन उद्घाटनपछि आयोजित प्रादेशिक आर्थिक बहस कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महासंघको प्रदेश समितिले तीन वर्षभित्रमा कार्यालय भवनको निर्माण गरेमा महानगरपालिकाले २ कट्ठा जमिन उपलब्ध गराउने घोषणा गरे ।

महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले प्रदेश समितिले आफ्नै भवन निर्माण गरेमा बिजुलीका सामान आफूले प्रदान गर्ने वचन दिए ।

प्रकाशित : २१ चैत्र २०७४, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह