Logo

Banner-news

निर्यात व्यापार प्रर्वद्धन गर्न नेपालमै अन्तराष्ट्रिय स्तरको मेला आवश्यक : अध्यक्ष गुरुङ


GDP नेपाल
   १८ माघ २०७९, बुधबार


निर्यात व्यवसायी महासंघका अध्यक्ष राम गुरुङले नेपालमै अन्तराष्ट्रिय स्तरको मेला आयोजना गरि निर्यात व्यापारलाई प्रर्वद्धन गर्न आवश्यक रहेको बताएका छन् ।

निर्यात व्यवसायी महासंघकाे तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा बोल्दै गुरुङले सो कुरा बताएका हुन् । यस्तै, भारत र बंगलादेशमा जस्तै निर्यातजन्य वस्तुलाई सामाग्रीको सुचिमा समावेश गरिनु पर्ने उनले बताए ।

अध्यक्ष गुरुङले हालसम्म विश्व बजारमा नेपाली वस्तुको पहुँच पुर्‍याउनका लागि सरकारले गरेको प्रयास पर्याप्त नभएको जनाउँदै यसका लागि आफूले निर्यात व्यवसायीहरुको कुरालाई सदनसम्म पुर्‍याउने बताए ।

त्यस्तै, कार्यक्रममा महासंघका प्रमुख सल्लाहकार डा. युवराज खतिवडाले सरकारले आत्मदाह, आत्महत्या तथा व्यवसायबाट पलयान भएका व्यवसायीहरुलाई पहिले बचाउने र त्यसपछि कर, बक्यौता, जरीमाना उठाउने काम गर्नुपर्ने बताए । उनले देशको द्रुत आर्थिक बृद्धिको लागि आयात प्रतिस्थापन अल्पकालिन उपाय भएको र निर्यात आर्थिक वृद्धिको दिर्घकालिन उपाय भएको बताए ।

कार्यक्रममा बोल्दै व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले निर्यात व्यापार देशको अर्थतन्त्रको मेरुदण्ड हो भन्ने नलाग्दासम्म व्यापार घाटा कम हुन नसक्ने हुँदा निर्यात व्यवसायी महासंघलाई वञञस्तुगत संघहरुका समस्याहरु व्यवस्थित गरि सरकार समक्ष राख्नका लागि आग्रह गरे ।

कार्यक्रममा सहभागी अन्य वक्ताहरुले निर्यात प्रर्वद्धनको लागि आ आफ्ना अनुभवहरु साटासाट गरेका थिए ।

प्रकाशित : १८ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह