Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, दुई अर्बको कारोबार


GDP नेपाल
   १९ माघ २०७९, बिहिबार


बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २२.१२ अंकले घटेर दुई हजार ९४.५४ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ५, विकास बैंक ६५, फाइनान्स २८, होटल ५१, जलविद्युत् ५४, जीवन बीमा २३६, उत्पादन १२, निर्जीवन बीमा १३३, व्यापार २८, अन्य १० र माइक्रोफाइनान्स उपसमूह ४२ अंकले घटेको छ ।

आज सपोर्ट माइक्रोफाइनान्स, सिद्धार्थ इन्सुरेन्स र रिडी पावर कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेपनि आदर्श लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २५७ कम्पनीका ५८ लाख ९८ हजार कित्ता सेयर दुई अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै स्टान्डर्ड चाटर्ड बैंकको १० करोड १३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १९ माघ २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह