Logo

मुख्य समाचार

रवि लामिछानेको फैसला चाँडै हुने तर लघुवित्त पीडितले न्याय किन नपाउने ?


GDP Nepal
   २९ माघ २०७९, आइतबार


काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीले लघुवित्त पीडित नागरिकले न्याय पाउन ढिलाई भएको भन्दै आक्रोश पोखेका छन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै समय लिएर आइतबार सांसद भण्डारीले न्याय दिने सन्दर्भमा जानाजान ढिलाइ गरिएको आरोप लगाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानको सन्दर्भमा अदालतले चाँडो न्याय दिएको सन्दर्भ पेश गर्दै उनले लघुवित्तका पीडितहरुलाई न्याय दिन जानाजान ढिलाई गरिएको आरोप लगाए ।

रवि लामिछानेको सन्दर्भमा प्रहरीले चाँडो अनुसन्धान टुंग्याएको उनले दावी गरे पनि प्रहरी अनुसन्धान भने हुन सकेको छैन ।

डा. भण्डारी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

प्रकाशित : २९ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह