Logo

कृषि / सहकारी

डिडिसि दूधको मूल्य बढ्यो, लिटरकै १३० रुपैयाँ


GDP नेपाल
   २ चैत्र २०७९, बिहिबार


दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्य बढाएको छ । डीडीसील आज देखि लागू हुने गरी दूधको मूल्यमा ११ देखी १६ रुपैयाँसम्म बढाएको हो । लिटरमा ११ रुपैयाँले बढाएको छ ।

बढाइएको मूल्य अनुसार डीडीसी निलो प्याकेटको दूध प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैयाँ पुगेको छ । यसअघि सो दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो ।

त्यस्तै, गाईको दूध प्रतिलिटर १४ रुपैयाँले बढेर ११६ रुपैयाँ, चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेर ९० रुपैयाँ, हरियो प्याकेटको दूधको मूल्य प्रतिलिटर १६ रुपैयाँले बढेर १३० रुपैयाँ पुगेको छ ।

प्रकाशित : २ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह