फर्स्ट माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
तेस्रो त्रैमासमा कम्पनीले १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको १७.१२ प्रतिशतले बढेको हो ।
गत वर्ष यसैअवधिमा कम्पनीले १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा यस माइक्रोफाइनान्सको वितरणयोग्य नाफा १६ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
यस लघुवित्तको कर्जा लगानी र सापटि रकम दुवै घटेको छ । यता, खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी ३.४२ प्रतिशत र सञ्चालन नाफा १०.६८ प्रतिशतले बढेको छ ।
फर्स्टको प्रतिसेयर आम्दानी भने ३७ पैसाले घटेर २२ रुपैयाँ ६० पैसा कायम भएको छ ।
प्रतिक्रिया