Logo

Sub-banner

युक्रेनको वैदेशिक व्यापार सात प्रतिशतले घट्यो


GDP नेपाल
   ७ बैशाख २०८०, बिहिबार


युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ । राज्य भन्सार सेवाले बुधबार दिएको जानकारी अनुसार जनवरी(मार्चमा युक्रेनको निर्यात कुल १०.३ बिलियन डलर र आयात १५.५ बिलियन डलर रहेको छ ।

खाद्यान्न उत्पादनहरूले पहिले त्रैमासिकमा युक्रेनको निर्यात आम्दानीमा सबैभन्दा ठूलो योगदान पुर्याएएको र त्यसपछि धातु उत्पादनहरू, मेसिनहरू, उपकरणहरू, र यातायात लगायतका क्षेत्रले योगदान दिएको जनाइएको छ ।

मुख्यरूपमा आयात हुने वस्तुहरूमा मेसिन, उपकरण, यातायात, इन्धन, र रसायनहरू लगायतका वस्तुहरू छन् । गत वर्ष युक्रेनको वैदेशिक व्यापार २९।६ प्रतिशतले घटेर ९९.७ अर्ब डलर पुगेको थियो ।

प्रकाशित : ७ बैशाख २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह