Logo

बैंक / बिमा /शेयर

११ प्रतिशतले बढ्यो अजोड इन्स्योरेन्सको खुद नाफा


GDP नेपाल
   २४ बैशाख २०८०, आइतबार


अजोड इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासको अपरिकृष्त वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले तेस्रो त्रैमासमा १० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा कम्पनीको खुद नाफा ११ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले ९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, कम्पनीको खुद बीमाशुल्क ५२ करोड रुपैयाँ पुगेको छ। यो गतवर्षको तुलनामा ४३ प्रतिशतले बढेको हो । गत वर्ष कम्पनीले ३६ करोड ३१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले २३ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गर्न सफल भएको छ। कम्पनीको बीमा कोषमा २२ करोड ३९ लाख रुपैयाँ, जगेडा कोषमा २० करोड ३८ लाख रुपैयाँ र महाविपत्तिकोषमा २ करोड २ अर्ब रुपैयाँ गरि कुल ४४ करोड रहेको छ।

कम्पनीको हालको चुक्ता पुँजि १ अर्ब रुपैयाँ रहेको छ।

प्रकाशित : २४ बैशाख २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह