सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि नेपाल र बंगलादेशबीच सहमति भएको छ ।
नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजनाको निर्माणका लागि ६ महिनाभित्र हस्ताक्षर गर्ने निर्णय गरेको हो ।
बैठकले नेपालमा उत्पादिन ४० मेगावाटसम्मको विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा चाँडै हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
बैठकमा नेपालको तर्फबाट ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे र बंगलादेशको विद्युत ऊर्जा तथा खनिज मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमान सहभागी थिए ।
प्रतिक्रिया