Logo

मुख्य समाचार

२७.१९ अं‌कले बढ्यो नेप्से, साढे ११ अर्बको कारोबार


GDP नेपाल
   २३ माघ २०८२, बिहिबार


काठमाडौं । बिहिबार सेयर बजार परिसूचक नेप्से २७.१९ अंकले बढेर दुई हजार ७०८.७० विन्दुमा पुगेको छ ।






बैंकिङ ७, विकास बैंक ५३, फाइनान्स १२, होटल तथा पर्यटन १७, हाइड्रोपावर ५८, जीवन बीमा १४३, उत्पादन ६९, माइक्रोफाइनान्स २९, निर्जीवन बीमा २१८ र अन्य उपसमूह ४६ अंकले बढेको छ ।
त्यस्तै आज व्यापार उपसमूह १८ अंकले घटेको छ ।


आज कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर र मोदी इनर्जीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज सुपर मादी हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले घटेको छ ।


यस दिन ३२६ कम्पनीको तीन करोड ५५ लाख कित्ता सेयर ११ अर्ब ५८ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २३ माघ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह