Logo

बैंक / बिमा /शेयर

४६ लाख नोक्सानीमा पिपुल्स पावर


GDP नेपाल
   १४ जेष्ठ २०८०, आइतबार


पिपुल्स पावर लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीे ४६ लाख ४८ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्ष यसै अवधिमा कम्पनी ४१ लाख १३ हजार खुद नाफामा कमाएको थियो ।

गत वर्ष ५५ लाख ८७ हजार वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ८ लाखभन्दा बढी खर्च गरेको छ । गरेको हो । यस्तै, गत वर्ष विद्युत् बिक्रीबाट १ करोड ४० लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको यस कम्पनीले यो वर्ष भने १ करोड ७७ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्तापूँजी ६३ करोड २६ लाख रहेको छ भने जगेडा कोष रकम १ करोड ९० लाखभन्दा बढी ऋणात्मक छ । सुरक्षित कर्जा गत वर्ष ३६ करोड रहेकोमा यस वर्ष पनि सोही बराबर रहेको छ । तेस्रो त्रैमाससम्म शून्य दशमलव ७३ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ दशमलव ९९ रहेको छ ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह