Logo

अर्थनीति

आर्थिक वृद्धिदर २ दशमलव १६ हुने प्रक्षेपण


GDP नेपाल
   १५ जेष्ठ २०८०, सोमबार


सरकारले चालु आवमा आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्षमा आधारभूत मूल्यमा २ दशमलव १६ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान रहेको छ । विश्व अर्थतन्त्रमा देखिएको शिथिलता तथा केही आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्तता आएको हुँदा आर्थिक वृद्धि न्यून हुने देखिएको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताए ।

चालु आर्थिक वर्षको चैत महिनामा मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ। खासगरी आयातित वस्तुको मूल्यवृद्धि र अमेरिकी डलरसँग नेपाली मुद्राको अवमूल्यन हुँदा मुद्रास्फीतिमा चाप परेको महतको भनाइ छ । आर्थिक वर्ष ०७९/८० मा आर्थिक बृद्धिको लक्ष्य ५ दशमलव ८ प्रतिशत राखेपनि आर्थिक गतिविधिमा आएको शिथिलताका कारण उक्त लक्ष्य हासिल हुन सकेको थिए ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह