नेसनल लाइफ इन्स्योरेन्सको ३५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा आज बसेको सभाले सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने निर्णय पारित गरेको छ । यस्तै, उक्त लाभांशको अतिरिक्त चुक्ता पूँजीमा ६.५ प्रतिशतको दरले थप नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।
बोनस सेयर दिएपछि कम्पनीको चुक्ता पुँजी नियामक निकायले तोकेको पाँच अर्ब एक करोड रुपैयाँ पुगेको छ ।
यस्तै, कम्पनीले लगानीलाई विविधिकरण गर्ने प्रक्रियामा सहायक कम्पनी खोलेर घरजग्गा र सेयर बजारमा लगानी गर्ने प्रयास गर्ने जनाएको छ ।
प्रतिक्रिया