Logo

बैंक / बिमा /शेयर

सिंगटी हाइड्रो इनर्जीले डाक्यो साधारण सभा


GDP नेपाल
   २३ जेष्ठ २०८०, मंगलबार


सिंगटी हाइड्रो इनर्जी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ ।

कम्पनीको सभा असार १३ गते, धुम्रबराह भेन्यु, धुम्बाराही, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा एकै साथ बोलाएको हो ।

सभाले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने, सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, समूह क बाट ४ जना र समूह ख बाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । साथै सो सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा, नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ ३१ गते बुधबार एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार जेठ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह