नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै निगमले आन्तरिकतर्फको हवाई इन्धन १० रुपैयाँ र बाह्य तर्फको हवाई इन्धन २६ रुपैयाँले घटाएको छ । यससँगै, आन्तरिकतर्फको हवाई इन्धनको प्रतिलिटर १५० कायम भएको छ भने बाह्य हवाई इन्धन प्रति लिटर करिब १५१ रुपैयाँ निर्धारण गरेको छ ।
निगमद्धारा कायम गरिएको नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू भइसकेको छ।
यस्तै, हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि लागू हुने गरी आन्तरिक उडानतर्फको भाडादर घटाउने बताएको छ।
‘नेपाल आयल निगमले हवाई इन्धनको भाउ कम गरेसँगै बुधबारदेखि सबै आन्तरिक हवाई उडानको भाडादर कम गर्ने निर्णय भएको छ।’ ट्वीटरमा प्राधिकरणले लेखेको छ ।
प्रतिक्रिया