नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।
प्रदेशसभाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मत लिने प्रस्ताव अस्वीकृत गरेपछि एमाले नेतृत्वको प्रदेश सरकार ढलेको हो ।
कार्कीले राखेको प्रस्तावमाथि शुक्रबार मतदान भएको थियो । सो प्रस्तावको पक्षमा ४६ मत परेको थियो भने विपक्षमा ४३ मत परेको थियो । ९३ सदस्यीय प्रदेशसभामा शुक्रबार ८९ सांसद उपस्थित थिए ।
प्रतिक्रिया