काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से १.६४ अंकले घटेर दुई हजार ६८१.५० विन्दुमा पुगेको छ ।
बैंकिङ ४, जीवन बीमा १७, उत्पादन ४९, माइक्रोफाइनान्स १५ अन्य उपसमूह ७ अंकले घटेको छ । त्यस्तै, विकास बैंक ६, फाइनान्स २३, होटल तथा पर्यटन १४, हाइड्रोपावर १३, निर्जीवन बीमा १५, र व्यापार उपसमूह १८ अंकले बढेको छ ।
आज एचएलआइ लार्ज क्याप फन्डको सेयर सबैभन्दा धेरै ५.५४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि कालिञ्चोक दर्शन, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र अंखु खोला हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२६ कम्पनीको एक करोड ६६ लाख कित्ता सेयर ७ अर्ब ४९ करोडमा कारोबार भएको छ ।










प्रतिक्रिया