Logo

घुमफिर

अब किताब वा भिडियो हेरेरै बनाउनुस् रैथाने नेपाली खाना


appharu
   २४ बैशाख २०७५, सोमबार


काठमाडौं । तपाइँ नेपाली खानाको पारखी हुनुहुन्छ तर पकाउने आइडिया छैन भने अब चिन्ता लिनु पर्दैन । पूर्व इलामको नेपालीलाई पश्चिम पाल्पाको चुकौनी बनाउने तरिका के थाहा छैन भने अब किताब वा भिडियो हेरेरै मज्जाले बनाउन सकिन्छ ।
नेपालका मौलिक र रैथाने खाना पकाउने तरिका समेटिएको पुस्तिका र भिडियो सार्वजनिक भएको छ । नेपाल कुजिन क्याम्पेनले तयार पारेको कुकबुक र भिडियो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सोमबार सार्वजनिक गरेका हुन् ।

देशैभरिबाट संकलित झन्डै २ सय प्रकारका रैथाने खाना पकाउने विधि, सामग्री आदिलाई विशेषज्ञ सेफहरुको टोलीले विस्तृत अध्ययन गरी कुकबुक सार्वजनिक गरिुएको छ ।

विश्वव्यापी रुपमा सामग्रीको उपलब्धता, स्वादलगायतको आधारमा झन्डै ३० प्रकारका उपयुक्त नेपाली रैथाने खानालाई विश्व बजारमा प्रवद्र्धन गराउन कुक बुक तथा भिडियो तयार परिएको सो अभियानका संयोजक तथा होटल संघ नेपालका महासचिव विनायक शाहले जानकारी दिए । शाहका अनुसार छनोटमा परेका नेपाली रैथाने खानाहरुको नेपाल सरकारको केन्द्रीय खाद्य अनुसन्धानशालाबाट परीक्षण गराएर प्रोटिन, न्यूट्रिसनलगायतको प्रमाणितपत्र पनि प्राप्त गरिएको छ ।

कार्यक्रममा मन्त्री अधिकारीले विदेशमा हुने कार्यक्रमसहित विदेशस्थित राजदूतावास, गैरआवासीय नेपाली तथा उच्च सरकारी अधिकारीको भ्रमणमा रैथाने खानाको प्रवद्र्धनकालागि ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए । परराष्ट्र मन्त्रालयको माध्यमबाट संसारभर रहेका सम्बन्धित नियोगसमक्ष यो सन्देश पुर्याउने अधिकारीले बताए । नेपाली खानाको प्रवद्र्धनका लागि भइरहेको प्रयाश सह्रानीय भएको उल्लेख गर्दै उनले यसबाट पर्यटन क्षेत्रलाई गुणात्मक रुपमा विकास गर्न सकिने धारणा राखे ।

रैथाने खानाका अभियन्ता तथा वरिष्ठ पर्यटनविद् कर्ण शाक्यले विश्व पकवान पर्यटन क्षेत्रमा नेपाली रितीरिवाज र संस्कृति अनुसारको रैथाने खानामार्फत प्रशस्त फाइदा लिन सकिने बताए । उनले भने, “आजदेखि संसारभर इन्टरनेटको पहुँच भएको क्षेत्रमा २८ वटा नेपाली रैथाने परिकार पकाउने विधि फैलिनेछ । नेपाल पर्यटन इतिहासमै पहिलो पटक हामीले नेपाली रैथाने परिकारको प्रवद्र्धनका लागि कुकबुक र भिडियो सार्वजनिक गरिएको छ ।”

नेपाली कुजिन क्याम्पेनका संयोजक एवं होटल संघ नेपालका महासचिव विनायक शाहले ‘एक्सपेरियन्स नेपाल कुजिन एण्ड कल्चर’मार्फत विश्वभर छरिएर बसेका गैरआवासीय नेपालीले सञ्चालन गर्दै आएका रेस्टुरेन्टबाट प्रत्यक्ष फाइदा लिन सक्ने बताए ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले यस महत्वपूर्ण अभियानमा निजी क्षेत्रसँग हातेमालो गर्दै अघि बढेको जानकारी दिँदै यसबाट नेपालको मौलिक कृषिजन्य उत्पादनसमेत विस्तार हुने विश्वास व्यक्त गरे ।

प्रकाशित : २४ बैशाख २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह