नेपाल धितोपत्र बोर्डले ३ वटा कम्पनीलाई आइपीओ बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, माण्डु हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरलाई आईपीओ बिक्री गर्न अनुमति दिएको हो ।
हाथवेले प्रतिकित्ता ५० रुपैयाँको दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता सेयर बिक्री गर्न अनुमति पाएको । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
त्यस्तै, आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि प्रिमियम भाउमा आईपीओ बिक्री गर्न माण्डुले अनुमति पाएको हो । माण्डुले १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँको दरमा कूल १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ बिक्री गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
मिड सोलु हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँको दरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कूल १४ लाख ९६ हजार ८०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । यसमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
प्रतिक्रिया