सिटिजन्स बैंक इन्टरनेसनलको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ११ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता १ सय ३५ रुपैयाँ तोकिएको छ । सो सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, संघ-संस्थाले सूचना प्रकाशनको ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया