अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा ५३ हजार ९५० जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
आइपीओमा कुल १२ लाख ४७६ जनाले आवेदन दिएका थिए । जसमध्ये २ हजार ३९९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ताका सेयर बिक्री खुला गरेको थियो ।
कुल ६ लाख ५० हजार कित्ता सेयर आइपीओमध्ये १० प्रतिशत अर्थात ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, ५ प्रतिशत अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।
प्रतिक्रिया