Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंकद्वारा संवादमूलक सूचनामार्फत ऋण तिर्न आग्रह


GDP नेपाल
   २२ असार २०८०, शुक्रबार


क तथा वित्तीय संस्थाबाट ऋण लई कतिपय ऋणीहरुले ऋण तिर्न छाडेपछि नेपाल राष्ट्र बैंकले सचेतनामूलक सूचना जारी गर्न सुरु गरेको छ । आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले समयमै कर्जाको सावाँ ब्याज भुक्तानी गर्न र सामाजिक प्रष्ठिासहित जरिवाना, कारबाहीबाट बच्न अनुरोध गरेको हो । राष्ट्र बैंकले संवादमूलक सूचनामार्फत ऋण तिर्न आग्रह गरेको छ ।

‘ल हेर त, मेरो त बैंकको ब्याज तिर्ने समय पनि आइसकेछ १ पैसा आफैलाई चाहिएको छ, अहिले नतिर्दा के होला र !’ संवादमा ऋणी पात्रले भनेको छ । प्रतिउत्तरमा ऋणीको साथीले उनलाई ऋण र ब्याज भूक्तान समयमा नै गर्न प्रेरित गर्दै भनेकी छिन्, ‘समयमै ब्याज नतिर्दा तिम्रो नाम कालोसूचीमा पर्छ । धितो पनि लिलामी हुन सक्छ’ अझ डर देखाउँदै ती व्यक्तिले थप भन्छिन्, ‘सामाजिक प्रतिष्ठामा आँच आउँछ । कर्जा लिएपछि कर्जा र ब्याज तिर्नु ऋणीको दायित्व हो । कालोसूचीमा नाम पर्‍यो भने त व्यवसाय गर्न बैंकले ऋण पनि दिँदैन र खाता पनि खोल्न पाइँदैन ।’

बैंकहरुको खराब कर्जा बढ्न थालेपछि राष्ट्र बैंकले खराब कर्जा असुल गर्न नै सूचनामूलक सन्देश जारी गर्न थालेको हो ।

प्रकाशित : २२ असार २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह