Logo

बैंक / बिमा /शेयर

जानकी फाइनान्स कम्पनीले डाक्यो वार्षिक साधारणसभा


GDP नेपाल
   २४ असार २०८०, आइतबार


जानकी फाइनान्स कम्पनीले वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले साउन १३ गते वार्षिक साधारणसभा बोलाउने निर्णय गरेको हो । सभा जनकपुरधामको तिरहुरिया गाछी–४स्थित मसाला कटेजमा बिहान ९ बजेबाट सुरु हुनेछ।

सभाले अन्य बैंक तथा वित्तीयसँग मर्जर वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसतै, सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो साउन २ गतेदेखि साउन १३ गतेसम्म बुक क्लोज गर्ने छ। यसर्थ साउन १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : २४ असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह