प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् ।भट्टराई आगामी चार वर्षका लागि सिइओमा नियुक्त भएका हुन् ।
प्रभु लाईफ र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच अषाढ १९ गतेबाट एर्ककृत कारोबार सुरु हुने छ । दुबै कम्पनीबीच जेष्ठ ३ गते अन्तिम मर्जर सम्झौता सम्पन्न भएको थियो ।
सम्झौता अनुसार मर्जर पश्चात पनि आगामी ४ वर्षका लागि भट्टराईलाई नै कम्पनीको प्रभुख कार्यकारी अधिकृतमा चयन गर्ने निर्णय भएको थियो । सोही सम्झौता अनुसार जेष्ठ २६ गते बसेको कम्पनीको वार्षिक साधारण सभाले सो निर्णय अनुमोदन गरेपछि बीमा प्राधिकरणले पनि भट्टराईको नियुक्ति स्वीकृति गरेको हाे ।
व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नु भएका रमेश कुमार भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकाल देखिको प्रमुख कार्यकारी अधिकृत छन् ।
२०३८ सालमा नेपाल बैंकको अधिकृतबाट बैकिङ करिअर प्रारम्भ गरेका भट्टराई विगत ४२ वर्षदेखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत छन् । २०५२ मंसिर १५ गते बीरगंजमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथम पटक संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त भएका थिए । त्यसपछि निरन्तर नेपाल लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी बिकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भएका थिए ।
प्रतिक्रिया