Logo

Banner-news

मेलम्ची पूरा गर्न अझै ३ अर्ब लाग्ने, फास्ट ट्र्याकबाट अघि नबढे २ वर्ष !


GDP Nepal
   ३ फाल्गुन २०७५, शुक्रबार


काठमाडौं । काठमाडौंवासीको तिर्खा मेट्ने बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पूरा गर्न अझै ३ अर्ब खर्चनुपर्ने देखिएको छ भने अहिलेको अन्योलका कारण मेलम्चीको पानी काठमाडौं ल्याउन पनि २ वर्ष कुर्नुपर्ने अवस्था छ ।

खानेपानस् मन्त्रालयले आयोजनाको काम ९३ प्रतिशत काम सम्पन्न भइसकेको दावी गरे पनि राष्ट्रिय योजना आयोगको प्रगति रिपोर्टमा जम्मा ८० प्रतिशतमात्रै काम भएको उल्लेख छ ।

पछिल्लोपटक इटालियन ठेकेदार कम्पनी सीएमसीले ७ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ लागतमा जिम्मा लिएको आयोजनमा अहिलेसम्म ८ अर्ब ३६ करोड रुपैयाँ खर्च भइसकेको छ । लागतभन्दा बढी उक्त रकम विभिन्न क्षतिपूर्ति दाबी गर्दै सीएमसीले नै लगेको हो ।

यता, खानेपानीमन्त्री वीना मगर जसरी पनि सीएमसीलाई ल्याउने भन्दै आयोजनालाई अनिर्णयको बन्दी बनाइरहेकी छन् । त प्रतिनिधिसभाको अर्थ समितिले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

खानेपानीमन्त्रीको अवैध र अप्राकृतिक तर्कको कुनै जवाफ नदिइ संसदीय समितिले पूरा हुनै नसक्ने निर्देशन दिएको छ । मेलम्ची खानेपानी विकास समितिले चालू आर्थिक वर्षभित्रै काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न तत्काल विशेष परिस्थितिमा जाने निर्णय गर्नु पर्ने बताएको छ ।

अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा आयोजनाको काम सम्पन्न गर्न दुईदेखि तीन वर्षसम्म लाग्ने अनुमान गरिएको छ । तत्काल काम सुरु गर्ने हो भने बाँकी काम सहायक ठेकेदार कम्पनीमार्फत् गर्न मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनको दफा ६६ तथा सार्वजनिक खरिद नियमावलीको दफा १४५ अनुसार विशेष परिस्थितिको अवस्था जनाई खरिद प्रकिया अगाडि बढाउने निर्णय गर्नुपर्ने हुन्छ ।

तर, यस्तो निर्णय गरे पनि सहायक ठेकेदार कम्पनीहरूले सीएमसीसँग लिन बाँकी भुक्तानी रकम उपलब्ध नभएसम्म काम नगर्ने चेतावनी दिइरहेका छन् । समितिले भने सहायक ठेकदार कम्पनीलाई भुक्तानी दिन कानुनले नमिल्ने बताएको छ ।

समितिले तत्काल काम अगाडि बढाउन नसके मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्र आपूर्ति गर्न अझै आठदेखि १० महिना लाग्ने स्पष्ट पनि पारेको छ ।

प्रकाशित : ३ फाल्गुन २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह