लक्ष्मी बैंक र सनराइज बैंकबीच आजबाट एकीकृत कारोबार सुरु भएको छ । लक्ष्मी सनराइज बैंकको नामबाट दुई बैंकबीच एकीकृत कारोबार सुरु भएको हो ।
दुवै बैंकले एकीकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयबाट असार २४ गते अन्तिम स्वीकृति पाएका थिए । दुवै बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइजको १० अर्ब ११ करोड रुपैयाँ छ । १०० प्रतिशतको स्वापमा मर्जर हुँदा बैंकको चुक्ता पुँजी २० अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया