Logo

अर्थनीति

आव २०७९/८० मा ३८ प्रतिशतले घट्यो वैदेशिक लगानी


GDP Nepal
   १ श्रावण २०८०, सोमबार


काठमाडौं । चालू आर्थिक वर्षमा उद्योग दर्ता बढे पनि ति उद्योगमा प्राप्त लगानी प्रतिवद्धता भने घटेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० मा ३२७ वटा उद्योग दर्ता भएका छन् भने ति उद्योगमा ३३ अर्ब ३९ करोड ६० लाख लगानी प्रतिवद्धता प्राप्त भएको छ ।

गत वर्ष भने ३०८ वटामात्र उद्योग दर्ता भएका थिए । उद्योग दर्ताको संख्या बढे पनि लगानी प्रतिवद्धता रकममा भने ठूलो गिरावट आएको छ । गत आवमा ५४ अर्ब १५ करोडको प्रतिबद्धता प्राप्त भएको थियो । यसरी वैदेशिक लगानीमा कूल ३८.३३ प्रतिशतले गिरावट आएको विभागले जनाएको छ ।

असार महिनामा ३ अर्ब ९२ करोड वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ । चालू आवमा वैदेशिक लगानीको सीमा घटाएर २ करोडमा सीमित गरिएका कारण उद्योग दर्ता संख्या भने बढेको हो ।

विभागका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा कूल ६७ अर्ब ४५ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएकोमा त्यसयताका कुनै पनि वर्ष सो बराबरको लगानी स्वीकृत हुन सकेको छैन ।

२०७२ को विनासकारी भूकम्प र नाकाबन्दीका कारण त्यसपछिका वर्षमा लगानी नगण्य स्वीकृत भएको छ भने पछिल्ला वर्षहरुमा कोभिड महमारी, विश्वव्यापी आर्थिक मन्दी लगायतका कारण लगानी बढ्न सकेको छैन । सरकारले वि. सं. २०७३ र २०७५ मा दुईपटक लगानी सम्मेलनको आयोजना गरे पनि त्यसले सार्थक परिणाम भने ल्याउन सकेको छैन ।

विभागको तथ्यांकअनुसार आव २०७२÷७३ मा १५ अर्ब २५ करोड, २०७३÷७४ मा १५ अर्ब २० करोड, २०७४÷७५ मा ५५ अर्ब ७६ करोड, २०७५÷७६ मा २५ अर्ब ८४ करोड, २०७६÷७७ मा ३७ अर्ब ८० करोड, २०७७÷७८ मा ३२ अर्ब १७ करोड र २०७८÷७९ मा ५४ अर्ब १५ करोड लगानी स्वीकृत भएको छ ।

प्रकाशित : १ श्रावण २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह