सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर १ लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य गत जेठ १३ गते अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३०० रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया