Logo

कर्पोरेट-बजार

अब काठमाडौंमा पनि द्रुत बस, सूर्यविनायकदेखि रत्नपार्कसम्म ४५ मिनेटमै !


GDP Nepal
   ५ श्रावण २०८०, शुक्रबार


काठमाडौं । अब काठमाडौंमा पनि द्रुत बस सञ्चालन हुने भएको छ । पहिलो चरणमा सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालनमा आउने यस्तो बस असोज १ बाट सञ्चालनमा आउनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यकामा सार्वजनिक द्रुत बलु सेवा सञ्चालन गर्ने भएको हो । मन्त्री प्रकाश ज्यालाका अनुसार यात्रीले चाहेको समयमा गन्तव्यमा पुग्न सजिलो होस् भन्ने उद्देश्यले असोज १ गतेदेखि यस्तो बस सेवा सञ्चालन गर्न लागिएको हो ।

पहिलो चरणमा भक्तपुरको सूर्यविनायकदेखि रत्नपार्कसम्म सञ्चालन हुने द्रुत बस सेवा क्रमशः अन्य ?टमा पनि सञ्चालनमा ल्याइनेछ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्याला राज्यमन्त्री नन्दा चपाई मन्त्रालयका सचिव केशवकुमार शर्मा, यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई ट्राफिक प्रहरीका प्रहरी नायब महानिरीक्षक, यातायात व्यवसायी महासंघका पदाधिकारीसहित बिहीबार मन्त्रालयमा बसेको बैठकले द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार सु?मा अत्यधिक जामको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुनेछ ।

द्रुत बस सेवाका लागि सु?मा ४० सिटभन्दा माथिका करिब २५ वटा बस सञ्चालनमा ल्याउने तयारी मन्त्रालयले गरेको छ । यस्तो बस सेवा सञ्चालनका लागि छुटै लेन तथा बसको रङ फरक गरिनेछ ।

यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार जामको समयमा सूर्यविनायकदेखि रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा एक घन्टा ३० मिनेटसम्म लाग्ने गरेकाले यस्तो बस सेवा सञ्चालनपछि जामको बेला समेत ४५ मिनेटमा पुग्न सकिनेछ ।

महानिर्देशकका अनुसार बस सेवा सञ्चालनका लागि मोबाइल एपको समेत विकास गरिने छ । सो एपबाट द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ भन्ने जानकारी पाउन सकिन्छ ।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह