Logo

मुख्य समाचार

आइएमएफको मिसन टोली र योजना आयोग उपाध्यक्षबीच भेटवार्ता


GDP नेपाल
   ८ श्रावण २०८०, सोमबार


अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ‘मिसन चिफ’ टिडाइन किन्डा नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठसँग भेटवार्ता गरेको छ ।

आइएमएफको नयाँ मिसन चिफका रुपमा नेपाल आउनुभएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग आज सिंहदरबारस्थित आयोग कार्यालयमा शिष्टाचार भेट गरेको हो ।

भेटमा आइएमएफ टोलीले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६औँ पञ्चवर्षीय आवधिक योजना तर्जुमाका विषयमा चासो राखेको थियो । १६औँ योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना, सार्वजनिक लगानी व्यवस्थापन मूल्याङ्कन (पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट) सुझाव कार्यान्वयनको स्थितिलगायतका विषयमा चासो राखेको छ ।

त्यस्तै, नेपाल अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पुँजीगत खर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालिन र दीर्घकालिन चुनौतीका विषयमा समेत छलफल भएको जनाइएको छ । नेपालले सन् २०२६ भित्रमा अल्पविकसित मुलुकबाट स्तरोन्नति भइसक्ने लक्ष्य राखेको छ ।

छलफलपछि आयोग उपाध्यक्ष श्रेष्ठले आइएमएफले नेपाललाई गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो । यही जुलार्ई २० मा नेपाल आएको आइएमएफको मिसन टोली २६ जुलाईसम्म नेपालमा रहने छ । भेटघाटमा आइएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरु सहभागी थिए ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह