काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालको वैदेशिक व्यापार निराशाजनक रह्यो । नेपालको कूल व्यापारघाटा १४ खर्ब ५४ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । यस हिसाबले प्रतिदिन झन्डै ४ अर्ब रुपैयाँ (३ अर्ब ९८ करोड ५१ लाख ८१ हजार) व्यापारघाटा देखिन्छ ।
गत आवमा निर्यात व्यापार भने १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँमा सीमित छ । अघिल्लो वर्ष निर्यात २ खर्ब कटेको थियो । गत वर्ष निर्यात व्यापारमा २१.४४ प्रतिशतको गिरावट आएको भन्सार विभागले जनाएको छ ।
अघिल्लो आवमा व्यापारघाटा १७ खर्ब २० अर्ब ४१ करोड थियो । गत आवमा १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आवमा भने १९ खर्ब २० अर्ब ४४ करोडको वस्तु आयात भएको तथ्यांक छ ।
कूल वैदेशिक व्यापार अघिल्लो वर्ष २१ खर्ब २० अर्ब ४७ करोड रहेकोमा गत आवमा भने १७ खर्ब ६८ अर्ब ८७ करोडमा झरेको छ ।
प्रतिक्रिया