सानिमा बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले २ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल नारायणचौरमा खरिद आवेदन दिनुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले उक्त सेयरमा खरिद आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी शेसेयर माग गर्नुपर्दछ ।
यस्तै, तोकिएको समयमा आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया