Logo

बैंक / बिमा /शेयर

जाल्पा सामुदायिक र किसान लघुवित्तबीच मर्जर सम्झौतामा हस्ताक्षर


GDP नेपाल
   १० श्रावण २०८०, बुधबार


जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तबीच मर्जर सम्झौता भएको छ ।

यी दुई लघुवित्तले मर्जरका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा हस्ताक्षर भएसँगै दुवै कम्पनीले आफ्ना आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का गरिदिन नेप्सेलाई पत्र लेखेका छन् ।

बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पाको हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै, कैलालीको लम्बीचुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ ।

यी दुई कम्पनीको मर्जरका लागि सेयर स्वाप रेसियो सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम हुनेछ ।

प्रकाशित : १० श्रावण २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह