कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनीक गरेको छ ।
विवरण अनुसार चौँथो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफा २६.९३ प्रतिशतले घटेर ४३ करोड ११ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ५९ करोड ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड ५० लाख ३० हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष २८ करोड ४१ लाख २७ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ५० करोड ३ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।
वितरणयोग्य नाफा ५ करोड ८० लाख ९५ हजार रुपैयाँमा सीमित भएको छ । यता, कामना सेवा विकास बैंकको लाभांश वितरण गर्ने क्षमता १.७७ प्रतिशत छ ।
असार मसान्तसम्म आइपुग्दा खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६४ पैसाले घटेर १३ रुपैयाँ १४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा छ ।
प्रतिक्रिया